कसैलाई माथैमाथ,कोहीको पुर्पुरोमा हात

यस्तो देखिदैंछ कि निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो । चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने ।
संघीय मामिला तथा सामान्य प्रशासनमा सेटिग मिलाएकै कारण हुनुपर्दछ एक जना कर्मचारी अधिकांश समय स्थानीय तहमै व्यतित गर्न सफल भएका छन् । यी भाग्यमानी र चमत्कारी कर्मचारी हुन्,वीरेन्द्रदेव भारती ।
अधिकृत हुँदादेखि नै भरतपुर महानगरपालिकामा काम गरेका उनी पालुगटार नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिका, गोदावरी नगरपालिका जस्ता आकर्षक पालिकामा काम गर्ने अवसर पाएका छन् । गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय बन्नका लागि आठ लाख सामान्य प्रशासनका कर्मचारीहरुलाई बुझाएको चर्चा त्यतिखेर सामान्य प्रशासन मन्त्रालयमा खुबै चल्ने गर्दथ्यो ।
दैलेखका बासी उनी टोखाका जमिन्दार हुन । केही अघिमात्र सहसचिवमा बढुवा भएपछि समेत उनले नगरपालिका छाडेर अन्यन्त्र जानु परेको छैन । बुटबल उपमहानगरपालिका हुँदै अहिले पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । सामान्यका कर्मचारीहरुका अनुसार उनी अब काठमाडौंको सीडिओ ताक्दैछन् तर गृहले हालै ल्याएको कार्यविधि इमान्दारितापूर्वक कार्यन्वयन भएको खण्डमा तत्कालै सीडीओ बन्न सकस छ ।

प्रकाशित :२०७९ माघ ९, सोमबार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry