प्रधानमन्त्री,मन्त्रीका निर्देशन किन हुँदैन तत्काल कार्यन्वयन ?

कर्मचारी संयन्त्र,जसलाई स्थायी सरकार मानिँदै आएको छ । र अस्थायी सरकारका भनिँदै आएको छ प्रधानमन्त्री र मन्त्रीहरुलाई ।
प्रधानमन्त्री र मन्त्रीहरुले दिएको निर्देशन पालना गर्नुपर्ने ठाउँमा छ स्थायी सरकार । तर कतिपय ठाउँमा निर्देशन पालना भइरहेको देखिदैन ।
जस्तो हिजैमात्र प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पर्दाथको मूल्य घटाउन निर्देशन दिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिएका थिए ।
सोही निर्देशन अनुसार काम गर्नुपर्नेथ्यो सचिव रायाले । तर तर रायले हिजै डाकिएको निगमको बोर्ड बैठक नै रद्द गरिदिएका छन् ।

Advertisement 1

हिजै वाणिज्यबाट अर्थ सचिवका रुपमा सरुवा भएका रायाले जाँदाजाँदै आफूले विवादमा पर्न सक्ने देखेर गत हिजैका लागि डाकिएको बोर्ड बैठक अन्तिम समयमा आएर स्थगित गरिदिएका हुन ।

यस्तै प्रधानमन्त्री प्रचण्डले मंगलबार सचिवहरुलाई ३० बुँदे निर्देशन दिन भ्याए ।
उनले राहदानी र लाइसेन्समा अहिले जस्तै लाइन देखिए कारबाही गर्ने चेतावनी दिएको केही घण्टा बित्न नपाउँदै परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले राहदानी वितरण अवरुद्ध पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकोले अर्को सूचना जारी नहुँदासम्म सेवा लिनका लागि विभागमा उपस्थित नहुन नै सूचना नै निकाल्यो ।

Advertisement 2

यस्तै प्रचण्डले विदेशबाट फर्किने नेपालीले व्यक्तिगत प्रयोगका लागि एक भन्दा बढी मोबाइल ल्याउँदा हैरानी नदिन अर्थ मन्त्रालयलाई दुई पटक निर्देशन दिएका भए पनि कार्यन्वयनमा समस्या रहेको कर्मचारीहरु सुनाँउछन् ।

भन्सारका कर्मचारीहरुले कानुनले नै एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार तिराउने गरी प्रबन्ध गरेको कारण प्रधानमन्त्री र मन्त्रीको मौखिक निर्देशन कार्यन्वयन गर्न आफूहरु अप्ठ्यारोमा रहेको सुनाउँछन् ।

प्रकाशित :२०७९ पुष २२, शुक्रबार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry