टेकु अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला नियुक्त
सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौलालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन् ।
Advertisement 1
शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेर उनलाई नियुक्त गरिएको हो । यसअघि कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका बसौलालाई टेकुको जिम्मेवारी दिइएको हो । पछिल्लो तीन महिनायता उनी वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।
प्रकाशित :२०८० मंसिर १२, मंगलवार १४:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%