श्रीमान २७ करोड ५१ लाख भ्रष्टाचार गर्ने, श्रीमती लुकाउने !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । एकतिसौँ वार्षिक प्रतिवेदन अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरी ३ जनाले विभिन्न मितिमा २७ करोड ५१ लाख ५ हजार २ सय ८८ रुपौंया गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका हुन् ।

Advertisement 1

२०७७ भाद्र २५ मा काशीप्रसाद गुप्ता सिनियर डिभिजन इन्जिनियर सहरी विकास तथा भवन निर्माण विभाग (हाल अवकास प्राप्त) र निजको पत्नी मिता गुप्तासँग १६ करोड ७२ लाख ५७ हजार ४ सय ९७ रुपौया स्रोत नखुलेको सम्पती रहेको अख्तियारले जनाएको छ ।

त्यस्तै ०७७ भाद्र २५ मा वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धनुकाुटाका उपकुलपति डा. बलभद्र प्रसाद दाससँग स्रोत नखुलेको सम्पत्ति ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रहेको छ । त्यस्तै ०७७ आश्विन १५ मा जलस्रोत तथा सिंचाइविभागका सिनियर डिभिजन इन्जिनियर सुरेशकुमार शर्मासँग ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपौया रहेको अख्तियारका प्रवकता नारायण प्रसाद रिसालले जानकारी दिए । अख्तियारले प्रतिवादीको रुपमा नीजकी पत्नी बबिता फुयाल शर्मा रहेका छन् ।

Advertisement 2

श्रीमतीसहित १२ आफन्त पनि प्रतिवादी

सीडीई गुप्ताको गैरकानुनी आर्जनमा उनकी श्रीमती मिता गुप्ताको प्रत्यक्ष संलग्नता रहेको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गुप्ताले भ्रष्टाचार गरेर कमाएको रकम मिताले लुकाउने र दुरुपयोग गर्ने गरेकी थिइन् ।

Advertisement 3

‘पत्नी मिता गुप्ताले आफ्ना पति काशीप्रसाद गुप्ताले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरुपयोग गर्ने एवं भोग चलन गर्ने उद्धेश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी गुप्तालाई गैरकानुनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रुपमा लुकाउन छिपाउन सहयोग, दुरुत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न’ देखिएको प्रवक्ता अधिकारी बताउँछन् ।

अख्तियारले गुप्ताका आफन्तहरू अन्जुकुमारी महतो, उदितनारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रितिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्तालाई समेत प्रतिवादी बनाएको छ ।

उनीहरूको नाममा भ्रष्टाचार गरेको १० करोड ४४ लाख रुपैयाँ लुकाएर राखेको अख्तियारको दाबी छ ।

प्रकाशित :२०७८ मंसिर १८, शनिबार ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry