लोक सेवाले तोक्यो परीक्षा भवन
लोक सेवा आयोगको केन्द्रिय कार्यालयले परीक्षा भवन कायम गरेको छ । आयोगले (खुला, समावेशीं), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन र हाइड्रोपावर उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको परीक्षाको लागि भवन कायम गरेका हो ।
Advertisement 1
सूचनामा लेखिएको छ “दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षा कार्यक्रम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) को पालना गर्ने गराउने गरी तपशिलको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरुमा कुनै पनि उम्मेदवारहरुलाई सम्मिलित गराइने छैन। तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा १ (एक) घण्टा अगावै पुग्नु पर्नेछ ।
साथै सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरुले सहयोगी लेखक माग गर्नु पर्ने कारण र प्रमाणसहितका कागजात संलग्न राखी लोक सेवा आयोग नियमावली, २०७९ को नियम ६८ ९१० बमोजिम परीक्षा सुरु हुने मिति भन्दा १० ९दश० दिन अगावै यस कार्यालयमा निवेदन दिनु पर्नेछ । परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ ।”
परीक्षाा_केन्द्र_सूचना