एकै पटक सात सचिवहरुको सरुवा (को कहाँ ?)

आज बसेको क्याविनेट बैठकले सात जना सचिवहरु सरुवामा परेका छन् । सरुवामा परेका सचिवहरुमा अर्थ,राजश्व,अख्तियार,वाणिज्य,कानुन,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रहेका छन् ।

Advertisement 1

सरकारले अर्थ सचिवको जिम्मेवारी अर्थकै क्याडर तोयम रायालाई दिएको छ । वाणिज्य मन्त्रालयबाट उनलाई अर्थमा ताँनिदा त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासन तथा नतिजा व्यवस्थापन शाखा हेर्दै आएका मधुकुमार मरासिनीलाई खटाइएको छ । अर्थ सचिवको जिम्मेवारीमा रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

यस्तै राजश्व सचिवको रुपमा अख्तियारबाट डा रामप्रसाद घिमिरेलाई तानेर सो ठाउँमा अर्थ मन्त्रालय (राजश्व) हेर्दै आएका रामेश्वर दंगाललाई पठाइएको छ ।

Advertisement 2

यस्तै प्रधानमन्त्री कार्यालयका कानुनी सचिव धनराज ज्ञवाली र कानुन न्याय मन्त्रालयका सचिव उदयराज सापकोटाको जिम्मेवारी हेरफेर भएको छ ।
धनराजलाई प्रधानमन्त्री कार्यालयबाट कानुनमा पठाएर त्यहाँ उदयलाई लगिएको छ ।

प्रकाशित :२०७९ पुष २१, बिहीबार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry