साढे १२ लाख नगदसहित जुवाखालबाट १५ जना पक्राउ, पक्राउ पर्नेमा पत्रकार र नेता समेत

तिहारको अवसर पारी जुवाखालमा जमिरहेका १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेका छन् । भक्तपुरको चाँगुनारायणबाट १५ जना जुवाडेलाई पक्राउ गरिँदा पत्रकार र दलका नेताहरु समेत जुवाको खालबाट पक्राउ परेका छन् ।

Advertisement 1

हिजो राती चाँगुनारायण नगरपालिका ८ सुडालपुरीबाट १२ लाख ४३ हजार सात सय ८० रुपैयाँसहित १५ जना जुवाडे पक्राउ पर्दा पत्रकार र दलका नेतासमेत खालबाट समातिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट करिब साढे १२ लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। जुवा स्थनीय मणिराम पुरीको घरमा खेलाइएको थियो । पक्राउ पर्नेमा घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौँ गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा केही राजनीतिक दलका कार्यकर्ता र पत्रकारसमेत छन् ।

प्रकाशित :२०७८ कार्तिक २१, आईतवार १०:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry