प्रदेश निजामती सेवा अध्यादेश प्रदेशसभामा पेश

प्रदेश–१ को प्रदेश सभाको पहिलो बैठकमा प्रदेश निजामती सेवा अध्यादेश पेश गरिएको छ ।
Advertisement 1
दोस्रोपटक गठन भएको प्रदेश १ प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ को पहिलो संशोधन स्वीकार गरेर जाने प्रस्ताव पास गरेको छ ।
यस्का साथैं प्रदेश १ को प्रदेश निजामती सेवा अध्यादेश २०७९ प्रदेशसभा बैठकमा पेश भएको छ ।
Advertisement 2
प्रदेश १ प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डलले गरेका हुन उनै ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा उक्त अध्यादेश पेश भएको हो ।
आइतबारको प्रदेश नम्बर एकको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डलले गरेका हुन । सभामुख र उपसभामुख चयन नहुँदासम्म उनले नै बैठकको अध्यक्षता गर्नेछन् ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।