आचारसंहिता उल्लघंन गर्ने ६ मतदान अधिकृतसहित १७ कर्मचारी कारवाहीमा
आचारसंहिता उल्लंघन गरेको भन्दै एकै पटक १७ कर्मचारी कारवाहीमा परेका छन् ।
Advertisement 1
जसमा मतदान अधिकृत,साहायक कर्मचारीहरु रहेका छन् । जसमध्ये १६ जना शिक्षक रहेका छन् एक जना निजामतीतर्फको ।
संखुवासभामा खटिएका मतदान अधिकृतसहित,साहयक कर्मचारी गरी १७ जना कारबाहीमा परेका छन् । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार,निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको उजुरी र प्रमाणका आधारमा मतदान अधिकृत ६ जना र सहायक कर्मचारीहरु ११ जना गरी कूल १७ जनालाई कारबाही गरिएको हो ।
Advertisement 2
कारबाहीमा पर्ने मतदान अधिकृतहरु सबै शिक्षकहरु हुन् । यस्तै सहायक कर्मचारीहरुमध्ये पनि १० जना शिक्षक र एक जना निजामती कर्मचारी हुन ।
प्रकाशित :२०७९ मंसिर १, बिहीबार १८:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%