यातायात विभागको महानिर्देशकमा सहसचिव रिजाल
यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव उद्धवप्रसाद रिजाल नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो ।
Advertisement 1
विभागले डेढ महिनापछि महानिर्देशक पाएको छ । यसअघि रिजाल धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । रिजालले महानिर्देशकको पत्र बुझिसकेको र सोमबार हाजिर हुने मन्त्रालयले जनाएको छ ।
अहिले विभागले करिब १४ महिनाको बीचमै छैठौं महानिर्देशक पाएको छ । यसअघि सरुवा भट्टराईले विभागमा ५ महिना मात्रै काम गरे । भट्टराईभन्दा अघिका महानिर्देशक तुलसीनाथ गौतम त ३ हप्तामै सरुवा भएका थिए ।
Advertisement 2
गौतमभन्दा अघि डा.टोकराज पाण्डे विभागको महानिर्देशक थिए । २० भदौ २०७९ महानिर्देशक बनेका पाण्डे ५ महिनामै सरुवा भएका थिए ।
पाण्डे भन्दाअघि २० असार २०७९ मा महानिर्देशक नियुक्त भएका सुरेश राउत पनि विभागमा दुई महिना पनि टिक्न सकेनन् । राउतअघि ५ चैत २०७७ मा विभागको नेतृत्व सम्हालेका नमराज घिमिरेले भने १९ असार २०७९ सम्म काम गरे ।
Advertisement 3
घिमिरेभन्दा अघि गोनबहादुर हमाल विभागका महानिर्देशक थिए । उनले २ भदौ २०७६ मा उक्त जिम्मेवारी सम्हालेका थिए ।