उच्च अदालत बारको अध्यक्षमा सेवन्तराज निरौला विजयी

काठमाडौं। उच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सेवन्तराज निरौला अध्यक्षमा विजयी भएका छन्। बृहत् प्रगतिशील तथा पेशागत समूहबाट उम्मेदवारी दिएका निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

Advertisement 1

अध्यक्ष पदका प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट उम्मेदवारी दिएका देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरे भने स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट उम्मेदवारी दिएका भेषराज पोखरेलले १९९ मत पाए।

निर्वाचनबाट उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजिवकुमार पोखरेल, महिला सहसचिवमा सीमा सुवेदी र कोषाध्यक्षमा दीलकुमार कार्की निर्वाचित भएका छन्।

Advertisement 2

त्यस्तै महिला सदस्यमा अनिता पौडेल तथा सदस्यमा इन्दिराकुमारी शर्मा सुवेदी, बबिता राई, विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मात्रिका खनाल विजयी भएका छन्।

९ पदाधिकारीसहित १९ सदस्यीय कार्यसमिति चयनका लागि शनिबार मतदान भएको थियो। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ः३० बजे सम्पन्न भएको थियो।

Advertisement 3

प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार निर्वाचन प्रक्रिया केही सामान्य विवादबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। निर्वाचन सम्पन्न भएसँगै उच्च अदालत बार एसोसिएसनले नयाँ नेतृत्व पाएको छ।

प्रकाशित :२०८३ श्रावण ३१, आईतवार १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry