आज सार्वजनिक बिदा
सरकारले आज सार्वजनिक बिदा दिएको छ । गुरुङ समुदायले मनाउने नयाँ वर्षका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
हरेक बर्षको पुस १५ लाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदै आएका छन् ।
उनीहरुले तमु ल्होसारको रुपमा यो पर्व मनाउँदै आएका छन् । सोही अवसरमा आज मुलुकभर सार्वजनिक बिदा दिइएको हो ।
Advertisement 1
गुरुङ भाषामा ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
प्रकाशित :२०७९ पुष १५, शुक्रबार ०७:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%