४२ सय दरबन्दी बढाउने गृहको प्रस्तावमा अर्थको अड्को
गृह मन्त्रालयले एकै पटक सशस्त्र प्रहरी बलमा ४ हजार २ सय कर्मचारी थप्ने तयारी गरेको भए पनि त्यसमा अर्थ मन्त्रालय अड्को थापेको छ ।
Advertisement 1
सशस्त्रले प्रहरी नायब महानिरीक्षक (डीआईजी)देखि जवानसम्म ४२ सय दरबन्दी थप गर्नका लागि गृहमा फाइल पठाएको थियो ।
गृहबाट स्वीकृतीका लागि अर्थमा पुगेको उक्त फाइल त्यहाँका कर्मचारीहरुले अड्काइदिएका हुन ।
सशस्त्र र गृहबाट सबै तयारी पूरा गरी अर्थमा पुगेको उक्त फाइल त्यहाँका कर्मचारीहरुले ओएनएम सर्भेको नाममा अड्काइदिएका हुन ।
Advertisement 2
एकै पटक ४२ सय कर्मचारीको दरबन्दी थप्दा राज्यकोषमा पर्ने आर्थिक व्ययभारको हिसाब गर्नुपर्ने भएकाले गृहले अर्थ मन्त्रालयलाई प्रतिनिधि पठाइदिन लिखित अनुरोध गरे पनि हालसम्म वास्ता नगरिएकाका कारण उक्त एजेण्डा त्यत्तिकै रोकिएको जनाइएको छ ।
प्रकाशित :२०७९ मंसिर २७, मंगलवार ०७:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%