भौतिकको सेलाउन नपाउँदै सामान्यमा झण्डै कुटाकुट
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कुटाकुटको घटना सेलाउन नपाउँदै सोही घटना दोहोरिएको छ सिंहदरवारमा । कर्मचारीको सरुवाको बिषयमा लफडा हुँदा कर्मचारी संगठन र मन्त्रीको प्रेस संयोजकबीच लफडा चलेको थियो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ।
Advertisement 1
त्यस्तै घटना दोहोरिएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा । प्रंसग हो हिजो मंगलबारको जहाँ निरन्तर दुई हप्तादेखि धाइरहेको एउटा समूह र प्रशासन महाशाखा प्रमुख कमल भट्टराईबिच हात हालाहालको स्थिति आएको हो ।
लफडाको विषयमा भने अदालतले तत्काल सरुवा नगर्नु भनेको कर्मचारीको सरुवा गर्न मिल्छ या मिल्दैन भन्ने कानुनमा बुझ्न पठाएको अवस्थामा अहिले नै सरुवा गर्नुपर्छ भनेपछि विवाद शुरु भएको बताइएको छ ।
प्रकाशित :२०७९ चैत्र २९, बुधबार १०:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%