यी हुन जेष्ठता र कासमुका आधारमा बढुवा भएका ४५ अधिकृत
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना अधिकृत उपसचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको फागुन २७ को निर्णय अनुसार ४५ अधिकृतलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो । सूचना अनुसार, नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जना बढुवा भएका हुन् । पुरातत्त्व समूहका मोहन सिं लामा ज्येष्ठता र कार्य सम्पादनको मुल्याँकनद्वारा बढुवा भएका छन् भने अन्य ४४ जना कार्यक्षमताको मुल्याँकनद्धारा बढुवा भएका हुन् ।
प्रकाशित :२०७७ फाल्गुन २८, शुक्रबार ११:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%