प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
Advertisement 1
गाउँपालिका कार्यालय मझगाँवा रुपन्देहीका तत्कालीन प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका नेत्रप्रसाद घिमिरे, इन्जिनियर,निर्माण सेवाका प्रोप्राइटरसमेत ७ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
दानव नदीको सिपवाघाट बालुवा उत्खनन्, संकलन तथा बिक्रीवितरण ठेक्का एआरके निर्माण सेवालाई प्राप्त गराउन नविन निर्माण सेवा, एआरके निर्माण सेवा र दुबेजी निर्माण सेवाका प्रोप्राइटरहरूले आपसमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।
Advertisement 2
३ वटै निर्माण सेवाको बीओक्युनिरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तवले भरी दर्ता गरे गराएको र ३ वटै निर्माण सेवाको बीओक्यूमा लेखिएका हस्तलिखित अंक र अक्षर आँखाले हेरी एउटै व्यक्तिले लेखेको छुट्याउन सकिने अवस्थामा पनि मिलेमतो गरी बोलपत्र मूल्यांकनमा अनियमितता गरेको पाइएको हो ।