डीएसपी साहलाई खोज्दै गृह मन्त्रालय
गृह मन्त्रालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा ७ दिने सूचना जारी गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका उनी प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिए। तर उनी असोज ७ गतेदेखि कार्यालयमा गैरहाजिर रहेको सूचनामा उल्लेख छ।
Advertisement 1
उनलाई खोजतलास गर्न घरसम्म जाँदासमेत फेला नपरेको भन्दे मन्त्रालयले शुक्रबर सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो सफाइसहित उपस्थिति हुन आउन निर्देशन दिएको छ।
उनलाई खोजतलास गर्न घरसम्म जाँदासमेत फेला नपरेको भन्दे मन्त्रालयले शुक्रबर सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो सफाइसहित उपस्थिति हुन आउन निर्देशन दिएको छ ।
Advertisement 2
अन्यथा प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउनेतर्फको कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख छ ।
Advertisement 3