उजुरी परेको चार वर्षपछि अध्यक्ष र हाकिम अख्तियारको फन्दामा

उजुरी परेको चार वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत सातविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Advertisement 1
आयोगले नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा पाँच ठेकेदारसहित गाउँपालिका तत्कालीन अध्यक्ष सलामसिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेविरुद्ध मुद्दा दायर गरेका हो । अख्तियारले बालुवा उत्खनन्को ठेक्का लिने कम्पनी ए।एण्ड डिबी कन्स्ट्रक्सनका सञ्चालक अनिश बल, आधिकारिक प्रतिनिधी बिजकुमार दोङ, दुवाकोट कन्स्ट्रक्सलन प्रालि, भक्तपुरका सञ्चालक रामचन्द्र प्रधानाङ्ग, सालीनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगाल तथा सालीनदी र दुवाकोट कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि सत्यमान लामालाई विपक्षी बनाएको छ । ३ वटा ठेक्काहरुमा सत्यमान लामाले २ करोड ४ लाख राजस्व रकम हानि गरेको आयोगको ठहर छ ।
विसं २०७५ मंसिरमा नदीजन्य पदार्थ उत्खनन र संकलन गर्नेबारे प्रकाशित सूचनालाई लत्याई कबोलभन्दा घटी सम्झौता रकम कायम गरेर ठेक्का सम्झौता गरेको तथा सम्झौता विपरीत बगर क्षेत्रमा उत्खनन गर्न दिएको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सिफारिसमा प्राविधिक उपसमितिको निगरानीमा मात्र एक्स्काभेटर प्रयोग गरेर उत्खनन गर्न सकिने भए पनि मिलेमतोमा जनप्रतिनिधिले आफूलाई नभएको अधिकार प्रयोग गरेर स्काभेटर प्रयोग अनुमति दिएको दायर मुद्दामा आरोप लगाइएको छ ।
Advertisement 2
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार ठेकेदारसँग मिलेमतो गरेर ठेक्का सम्झौता गरेका कारण दुई करोड ५७ लाख रुपैयाँ राजस्व कम संकलन भएको आयोगको अनुसन्धानको निष्कर्ष छ । आयोगले तत्कालीन गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पाँच करोड १४ लाख रुपैयाँ जरिवाना हुने मागदाबीसमेत गरेको छ ।
सलाम सिं लामासमेत मिति २०७९।०९।०३