अर्थका १० सहसचिवको जिम्मेवारी हेरफेर,कुन महाशाखाको कमाण्ड कस्लाई ?

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको पूरै सेट परिवर्तन गरेका छन् । मन्त्री नियुक्त भए लगतै अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरे ल्याएका थिए। अस्ति सोमबारको क्याविनेटमा निर्णय घुसाएर आधा दर्जन सहसचिवहरु समेत हेरफेर गरेका हुन ।

Advertisement 1

अर्थबाट आधा दर्जन सहसचिवलाई बाहिर पठाएर आधा दर्जन नयाँ सचिवलाई भित्राइएको छ । यसरी अर्थमा इन्ट्री भएका सहसचिवहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकबाट सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगबाट धनीराम शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट राम प्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट झक्क प्रसाद आचार्य रहेका छन् । अर्थमा भित्रिएका ६ सहित त्यही रहेका ४ गरी दश जना सहसचिवलाई हिजै जिम्मेवारी बाँडफाँड गरिएको छ । यसअघि ईश्वरी अर्याल अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा, सुमन दाहाल वित्तीय संघीयता समन्वय महाशाखा, रितेश शाक्य बजेट महाशाखामा थिए।

यी तीनै जनालाई महाशाखा फेरबदल गरिएको हो।इश्वरीप्रसाद अर्याललाई वित्तीय संघीयता समन्वय महाशाखा,रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ भने सुमन दाहालको जिम्मेवारीमा आर्थिक नीति विश्लेषण महाशाखा परेको छ । यस्तै कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको जिम्मेवारी पाएका छन् ।

Advertisement 2

प्रवक्तासमेत रहेका योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव आनन्द काफ्ले र कानून तथा फैसला कार्यानवयन महाशाखा प्रमुख डा अर्जुन कुमार खड्कालाई चलाइएको छैन,उनीहरु पूरानै जिम्मेवारीमा छन् ।
अर्थ ल्याइएका सेवन्तक पोखरेललाई भन्सार विभागको उपमहानिर्देशक र शिवलाल तिवारीलाई भन्सार जाँचपास कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा,धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखा,झक्कप्रसाद आचार्यलाई वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा,लक्ष्मीप्रसाद निरौलालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रकाशित :२०७९ माघ २०, शुक्रबार ०६:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry