सरुवा बढुवादेखि नियुक्तिसम्म : यस्ता छन् हिजोको क्याविनेटको सात निर्णय
Advertisement 1
हिजो बसेको क्याबिनेट बैठकले कर्मचारी सरुवा,बढुवादेखि नियुक्ति गर्नेसम्मका सात वटा निर्णय गरेको छ । हिजो बसेको क्याविनेट बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव रामआधार साहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लस्टरतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा पदस्थापना गर्ने निर्णय पनि भएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लस्टरतर्फका सचिव सुरेश आचार्यलाई शहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय हिजोको बैठकले गरेको छ ।
Advertisement 2
यस्का अलवा सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुई जना महिला सदस्य नियुक्ति गर्ने निर्णय पनि हिजैको क्याविनेटले गरेको छ ।
सरकारले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने भएको छ ।
Advertisement 3
त्यस्तै,गोदक स्वयक १३२ केभी प्रसारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको उहाँले जानकारी गराउनुभयो ।
मुलुकी फौजदारी कार्यविधिसंहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, कालीगण्डकी कोरिडोर(न्यु बुटवल–बर्दघाट) आयोजनाको २२० केभी प्रसारणलाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने क्याबिनेटको निर्णय छ ।