विराटनगरका पूर्वउपप्रमुखसहित नौ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुखसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।आयोगले विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर इन्दिरा कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

Advertisement 1

आयोगले विराटनगर महानगरपालिका-१५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्कको सिँढी निर्माण गर्दा भ्रष्टाचार गरे‍को आरोपमा विराटनगर महानगरपालिकाको पूर्वउपप्रमुखसहित ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता श्याम प्रसाल भण्डारीले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर इफतेखार आलमविरूद्ध मुद्दा दर्ता भएको हो।

उनीहरूले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट गरेको कार्यभन्दा बढी विवरण बुझाई अनियमितता गरेको पाइएको जनाइएको छ।पार्क निर्माण गर्दा फिलिङ्गको काम रोलर मेसिनबाट गराएर उक्त काम ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ लिन खोजेको आरोप छ।उनीहरूले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेस गरेको, झूटा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी भुक्तानीसमेत दिएको पाइएको आयोगको भनाइ छ।

Advertisement 2

आयोगले एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो। इफतेखार आलमलाई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपरको मागदाबी सहित आरोपपत्र दायर गरेको हो।पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेले वास्तविक भएको कार्यभन्दा बढी कार्यलाई समेत गरेको भनी ज्यामीद्वारा काम गराउने गरी तयार भएको जनाएको छ।

उनीहरूले झूटा कागजातहरू नगर कार्यपालिकाको कार्यालयमा पेस गरी भुक्तानीसमेत लिई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा हानीनोक्सानी गरेको भन्दै आयोगले सो रकमलाई बिगो कायम गरी जरिवाना र बिगोसमेत जफत हुने मागदाबी गरेको छ ।यस्तै, विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दिरा कार्की र विराटनगर महानगरपालिका(१५ का तत्कालीन वडाअध्यक्ष असलम आलमले माटो फिलिङ्गको कार्यलाई ज्यामीद्वारा गरेको भनी भनेको आरोप छ।

Advertisement 3

उनीहरू तयार गरिएको गलत मूल्याङ्‍कनको आधारमा मूल्याङ्‍कन जाँचपास तथा फरफारखको लागि योजना अनुगमन समितिको बैठक बसी निर्णयसमेत गरेको आयोगले जनाएको छ।उनीहरूले पाँच लाख आठ हजार ६६९ रुपैयाँ ८८ पैसा हानीनोक्सानी गरेको भन्दै आयोगले उक्त रकम बिगो कायम गरी जरिवाना गरी मागदाबी समेत गरेको छ ।

प्रकाशित :२०७९ असार २६, आईतवार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry