प्रदेश लोकसेवाले माग्यो ३१६ कर्मचारी,स्थानीय तहले नै स्थायी नियुक्ति दिने

 

Advertisement 1

प्रदेश १ लोक सेवा आयोग,विराटनगरले एकै पटक ३१६ कर्मचारी माग गरेको छ । आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पाँचौ र चौथो तहका पदमा विज्ञापन खुलाएको हो ।

विज्ञापन अनुसार सबइन्जिनियर,सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत विभिन्न पदमा गरी ३१६ जना कर्मचारी माग भएको छ।

Advertisement 2

खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने र स्थानीय तहले नै स्थायी नियुक्ति दिने जनाइएको छ ।

प्रकाशित :२०७९ मंसिर १९, सोमबार ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry