उपसचिवको परीक्षा अनिश्चित कालसम्म स्थगित

लोकसेवा आयोगले परराष्ट्र सेवातर्फको उपसचिवको परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको जनाएको छ । परराष्ट्र सेवाका सात जना उपसचिवहरु कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा हुँदै थिए ।

Advertisement 1

लामो रस्साकस्सी पछि खुलाइएको उक्त विज्ञापनमा आफू बढुवामा नपर्ने करिब निश्चित भएसँगै चक्र सुवेदी गत कार्तिक १५ गते सर्वाेच्च अदालत पुगेका थिए ।
साता दिन पछि नै सर्वाेच्चले उनको माग अनुसार अन्तरिम आदेश दिएसँगै उपसचिव बढुवा प्रक्रिया नै भाडिन पुगेको हो । लोकसेवा आयोगका उपसचिव एकनारायण अर्यालले आज सर्वोच्चको सोही आदेशलाई टेकेर परराष्ट्र सेवाका उपसचिवको बढूवा अनिश्चित कालका लागि स्थगित भएको सूचना जारी गरेका छन् ।

1111
जारी सूचनामा भनिएको छ,सर्वाेच्च अदालतको ७९ कार्तिक २२ मा भएको उत्प्रेषण आदेश कार्यन्वयन गर्ने सन्दर्भमा नेपाल परराष्ट्र सेवाको विज्ञापन नम्बर १६६६३/०७९- ०८० आप्र र १६६७८/०७९- ८० खुला राप द्धितीय श्रेणी उपसचिव वा सो सरह पदका प्रतियोगितात्मक परीक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।

Advertisement 2

कार्यसम्पादनबाट उपसचिव बढुवा हुने तयारीमा शाखा अधिकृतहरू हरिहरकान्त पौडेल, रञ्जिता दाहाल,ऋषि आचार्य, सावित्रा वली,सिर्जना अधिकारी, रमेशचन्द्र चर्मकार र विजय राउत लगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यी सात जनाको बढुवामा आफू कुनै हालतमा नपर्ने भएपछि चक्र अदालतमा सर्वोच्च अदालत पुगेका थिए ।

Advertisement 3

आफू उपसचिव बढुवा प्रक्रियामा कुनै हालतमा नअट्ने भएपछि अदालत र लोकसेवा आयोगलाई प्रयोग गरेर अरु अधिकृतलाई समेत बढूवाबाट बञ्चित गर्ने खेलोमा सफलता प्राप्त गरेका छन् चक्र सुवेदीले ।

प्रकाशित :२०७९ मंसिर १६, शुक्रबार २०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry