प्रति सांसद ५ करोड दिने,८ अर्ब २५ करोड विनियोजन

सरकारले पूर्व अर्थमन्त्री विष्णु पौडेलको समयदेखि खारेजीमा परेको संसद विकास कोषलाई फेरि व्युँताएको छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।
अर्थमन्त्री प्रकाशरण महतले आगामी आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Advertisement 1
सांसदहरूले आफ्ना पार्टीका कार्यकर्ता पोस्न यो बजेट खर्च गर्ने गरेको र अनियमितता हुने गरेको भन्दै यस्तो बजेट व्यवस्था नगर्न लविङ हुँदै आएको थियो । यसप्रकारको बजेट व्यापक विरोध भएपछि चालु आर्थिक वर्षमा व्यवस्था गरिएको थिएन ।
प्रकाशित :२०८० जेष्ठ १५, सोमबार १९:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%