भन्सारका कलेज टपर सुब्बाले करोडौंको सुन उछिट्याए,३० लाख भेटियो प्रेमिकाको खातामा
सुन तस्करी प्रकरणमा जोडिएर अहिले प्रहरीको खोरमा पुगेका भन्सारका सुब्बाको प्रेमिकाको खातामा ३० लाख रकम भेटिएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरुले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्काले विद्युतीय चुरोटभित्र राखेर सुन तस्करी ९ किलो सुन तस्करी गरेका थिए ।
Advertisement 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १० पुस २०७९ मा बरामद गरेको विद्युतीय चुरोटभित्र सुन रहेको थाहा पाएपछि मुद्दा तथा लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्काले उक्त सुन विचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा विक्री गरेका थिए ।
सुन बाहिर लगेर उनीहरुले अर्कै ब्राण्डको इ–सिगरेट राखिदिएका थिए । नासु खड्काले सुन चोरी गर्न सघाए वापत विचौलिया दिनेशबाट ७५ लाख रुपैयाँ लिएको ३० लाख रुपैयाँ प्रेमिकाको कृषि विकास बैंक र बैंक अफ काठमाडौंको खातामा जम्मा गरिएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरुले जनाएका छन् ।
Advertisement 2
१० महिनाअघि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित अख्तियारद्वारा रंगेहात समातिएका थिए ।
उनीझैं नायब सुब्बा पनि अख्तियारको फन्दामा परेका हुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत सुब्बा रेवन्त खड्का पनि पढाईमा अब्बल थिए । १९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत थिए । सात वर्षअघि राजस्व समूहतर्फ नायव सुब्बामा नाम निकालेका उनलाई छिटो धनी हुने र काठमाडौंमा घर घडेरी जोड्ने चाहनाले उनलाई प्रहरीको खोरमा पुगेका छन्,खड्का । निकै घमण्डी कर्मचारीको रुपमा चिनिएका २३ बर्षीय खड्का त्रिभुवन विमानस्थलको भन्सार कार्यालय पुग्नभन्दा पहिला राजस्व अनुसन्धान विभाग अन्तर्गतको कार्यालयमा कार्यरत थिए । अर्थमन्त्रलयले खड्कालाई कपिलबस्तु भन्सार कार्यलयमा सरुवा गरेको भए पनि सेटिङ मिलाएर त्रिभुवन भन्सार कार्यालयमा पुगेका थिए ।
गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर उनै युवा कलेज टपर सुब्बा खड्काले साटेर त्यहाँको सुन निकालेर न्यूरोडमा बेचेको तथ्य बैशाख २६ गते खुलासा भएको हो ।