माओवादीको प्रतिवद्धता :- ४७ साल यताका सबै मन्त्री र कर्मचारीको सम्पत्ति छानबिन गर्ने (घोषणापत्रसहित)

Advertisement 1
नेकपा (माओवादी केन्द्र)ले मंसिरमा हुने चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ८१ पृष्ट लामो माओवादीको घोषणापत्रमा माओवादीले आफ्नो मुल रणनीतिमा १० बुँदा समेटेको छ । जसमा न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने, युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण बनाउने, कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने, हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने जनाएको छ ।
यस्तै माओवादीले ०४७ साल यताका सबै मन्त्री र विशिष्ट श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्ने बताएको छ। आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उसले यस्तो बताएको हो।
’०४७ को परिवर्तन यताका सबै सरकारका प्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख एवम् सदस्यहरू, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारीहरू र विशिष्ट श्रेणीका कर्मचारीहरूको सम्पत्ति छनबिन गर्न एक उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिने छ,’ प्रतिबद्धतापत्रमा भनिएको छ।
Advertisement 2
संविधान, कानुन र नियमअनुसार सहज रूपमा हुनुपर्ने जनसाधारणका कामहरूमा घुस दिनुपर्ने वा भनसुन गर्नुपर्ने आवश्यकताको अन्त्य गर्न प्रभावकारी कदम चालिने माओवादीले बताएको छ।
Ghosana__Patra_CPNMaoist












