९५ हजार घुस लिएको आरोपमा २ कर्मचारीविरुद्ध अख्तियारले चलायो मुद्धा

 
घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगा जमुना गाउँपालिकाका २ कर्मचारीविरुद्ध मुद्धा चलाएको छ ।
Advertisement 1
आयोगले गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीले सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस रकम लिएको आरोपपत्र शुक्रवार विशेष अदालत, काठमाडौंमा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् । आयोगका अनुसार सापकोटा र कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सकिसकेपछि बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस रकम मागेका थिए ।
									
										प्रकाशित  :२०७७ फाल्गुन २८, शुक्रबार १३:५५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                