सिंहदरबार छोड्न नमान्ने कर्मचारीको सूची खोज्दै सामान्य प्रशासनमन्त्री,रैथाने कर्मचारीको रुवावासी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघ छाडेर जान नमान्ने कर्मचारीको सूची खोज्न थालेका छन् ।मन्त्रालयले प्रदेश र स्थानीय तहमा खटाए पनि ती तहमा जान नमान्ने अटेरी कर्मचारीहरुको सूची तत्काल उपलव्ध गराउन मन्त्री मोदीले कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

Advertisement 1

सामान्यका रैथाने कर्मचारीहरुको विभाग हेरफेर गर्ने र तिनको सरुवा गर्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मोदीका अनुसार सामान्य प्रशासनमा कोही कर्मचारी पाँच/ सात बर्षदेखि डेरा जमाएर बसेको भेटिएको भन्दै उनीहरुमध्ये एउटै शाखामा २ बर्षभन्दा बढी रहेका कर्मचारीहरुको शाखा परिवर्तन गर्नेदेखि चार वर्षभन्दा बढी समय रहेका कर्मचारीलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने तयारी भइरहेको सुनाए । मन्त्रीका अनुसार अब दुई वर्ष एउटै शाखामा बसेका कर्मचारीको शाखा परिवर्तन हुनेछ भने तीन वर्ष एउटै स्थानमा बसेकालाई अन्यत्र पठाइनेछ ।

चार वर्ष केन्द्रमा एउटै स्थानमा बसेका कर्मचारीलाई अनिवार्य स्थानीय तहमा पठाउने नीति बनाउन लागेको जानकारी पनि उनले दिए । लामो समय केन्द्रमै रहने, स्थानीय तहमा जान अरुचि देखाउनेजस्ता प्रवृत्तिले सेवाप्रवाहमा समस्या सिर्जना गरेपछि त्यसलाई अन्त्य गर्न सरकारले नयाँ प्रावधान बनाउन लागेको हो ।

Advertisement 2

 

कर्मचारी सरुवा पारदर्शी हुन नसकेको गुनासो बढे पछि उनले सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउने योजना अनुसार काम गरिरहेको सुनाएका छन् । सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउने योजना अनुरुप कर्मचारी सरुवाको नयाँ मापदण्ड बनाउने तयारी भइरहेको उनले सुनाए । यस्तै मन्त्री मोदीले विचौलिया बोकेर सरुवाका लागि धाउने कर्मचारीलाई तत्काल कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

Advertisement 3

मन्त्री मोदीले संघीय निजामती ऐन ल्याउने कुरा आफ्नो मन्त्रालयले पहिलो काम रहेको बताउँदै उनले अबको दुई महिनाभित्रै संघीय निजामती विद्येयक संसदमा टेबल हुने र उक्त विद्येयक कर्मचारीलाई न्याय गर्ने गरी आउने बताउँदै आएका छन् ।

 

आफूअनुकूल सरुवा हुने र सकेसम्म सुगममा रहने प्रवृत्ति कर्मचारी वृत्तमा व्याप्त रहेको भन्दै त्यसलाई सुधार गर्न खोजिएको मन्त्री मोदीले जनाए ।

प्रकाशित :२०७९ माघ १८, बुधबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry