१ अर्ब ८ करोडले घट्यो सामान्य प्रशासनको बजेट

प्रतिस्थापन विधेयक मार्फत सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ । नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् । जुन केपी ओली सरकारले ल्याएको अघिल्लो अध्यादेश बजेट भन्दा १४ अर्ब ७४ करोडले कमी हो । ओली नेतृत्व सरकारले अध्यादेश मार्फत कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको थियो । प्रतिस्थापन विद्येयकमार्फत ल्याइएको १६ खर्ब ३२ अर्ब ८३ करोड मध्ये,चालु खर्च तर्फ कुल ६ खर्ब ७७ अर्ब ९९ करोड,पुँजीगत खर्च तर्फ ३ खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड र अन्तरप्रदेश वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड विनियोजन गरेको सरकारले जनाएको छ ।
बजेटका आकार घटेसँगै विभिन्न मन्त्रालयको बजेट पनि घटेको छ । अध्यादेश बजेट प्रतिस्थापन गर्दै परिमार्जित बजेट ल्याएको सरकारले १७ मन्त्रालयको बजेट भने कटौती गरेको छ । जसमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट १ अर्ब ७ करोड ९९ लाखले कटौती भएको छ ।
ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ३० अर्ब ८३ करोड २५ लाख बजेट विनियोजन गरिएकोमा प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटमा सो मन्त्रालयलाई २९ अर्ब ७५ करोड २६ लाख बिनियोजन भएको छ ।

Advertisement 1

सामान्य प्रशासन सहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, खानेपानी, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, शहरी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेट कटौतीमा परेको छ ।

प्रकाशित :२०७८ भाद्र २६, शनिबार ०९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry