आचारसंहिता उल्लघन गर्नेलाई तत्काल कारवाही गर्ने प्रजिअहरुलाई आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुलाई तत्काल कारबाही गर्न देशैभरका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
Advertisement 1
आयोगले आज गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक राखेर आचारसंहिता उल्लंघन गरेको पाइए जो कोहीमाथि तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे ।
Advertisement 2
भण्डारीले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पारे । उनले आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको भूमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए ।
आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे ।