प्रहरी सहायक निरीक्षक यादव र वरिष्ठ हवल्दार झाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी वरिष्ठ हवलदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस लिएर भ्रष्टाचार गरेको अभियोगमा प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत असई शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मन्जित कुमार झासविरुद्ध मुद्दा दायर गरिएको हो ।

Advertisement 1

यादवले महोत्तरी जिल्ला अदालतमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम फैसलाको कार्यान्वयन गरी आवश्यक मुचुल्का तयार गर्न सहजीकरण गरिदिने भन्दै २० हजार घुस मागेको अख्तियारको दाबी छ । निरीक्षक यादव र प्रहरी वरिष्ठ हवल्दार झालाई सेवाग्राहीबाट बीस हजार रूपैंया लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित :२०८० चैत्र २५, आईतवार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry