गृहका ६ कर्मचारी बढुवा सिफारिस

गृह मन्त्रालयका ६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको विभिन्न मितिमा बसेको बैठकले ती कर्मचारीहरुको जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाइएको छ ।
बढुवाका लागि सिफारिस भएकाहरुमा गोश्वारा हुलाक कार्यालय,काठमाडौंमा कार्यरत रामहरि चौलागाई,हेभि इक्युमेन्ट डिभिजल कार्यालय बानेश्वरमा कार्यरत हिराराज महर्जन,लब कुमार बूढाथोकी रहेका छन ।

Advertisement 1


यस्तै केन्द्रीय कारागार कार्यालय जगन्नथ देवलमा कार्यरत चन्दना बराल,यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत दिपक खतिवडा र त्रिभुवन विमानस्थलमा कार्यरत गिरी बहादुर कोइराला रहेका छन् ।
समितिले बढुवा सूचना ४९१ /०७८/०७९ को हकमा कुनै पनि उम्मेद्धार सिफारिस नभएको जनाएको छ ।

प्रकाशित :२०७९ असार १, बुधबार ०९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry