समयमै काम नसक्ने ठेकेदारलाई पक्राउ पूर्जी काट्ने सिडिओको चेतावनी
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बाढी पहिरोका कारण अबरुद्ध सडक अनुगमनका लागि निस्किए । गत कार्तिक पहिलो सातादेखि आएको बढाी तथा पहिरोका कारण जोखिम बढेपछि विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुलको अनुगमनमा निस्किएका थिए उनी । पुलको पिलरमा बाढीले असर पुर्याएको र खाल्डा खुल्डी प्रशस्त भएको सूचना पाए पछि उनी प्राविधिक इन्जिनियरको टोलीसहित निरीक्षणमा पुगेका थिए ।
Advertisement 1
उनले सडकमा ठाउँ ठाउँमा खठूल्ठूला खाल्डो परेको देखे । अनुगमन पछि उनले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी काट्ने चेतावनी दिएका छन् । हिजो मात्र उनी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई लिएर ६ लेन सडकको अनुगमनमा निस्किए । बरगाछि चोकमा सडक अलपत्र अवस्थामा देखे । मोरङ खन्डमा वरगाछिदेखि ७५ मिटर सडक बनाउने जिम्मा कन्चन जगा पिए सी जेभरि कन्स्ट्रक्सनले पाएको थियो । ठेक्कामार्फत कन्स्ट्रक्सनले जिम्मा लिएको हो ।
ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएको उनले जनाएका छन् ।
Advertisement 2