अर्थ मन्त्रालयमा अचेल हुन थाल्यो अचम्मै
एमसीसीको नाममा भोलि नै सरकारबाट हट्नुपर्ने हो कि भन्ने त्रासले जर्नादन शर्माको मनमा कतिसम्म त्रस्त बनाएको रहेछ भने उनले अस्ति शनिवार पनि अर्थको ढुकुटी खोल्न लगाए ।
एमसीसी अनुमोदन हुनु अघिल्लो दिन अर्थात अस्ति १४ गते शनिवार मन्त्री शर्माले बजेट महाशाखाको टोलीलाई बोलाएर गर्न मिल्ने नमिल्ने सबै काम तमाम गराएको खबर छ । बिहान साढे दश बजे नै अर्थमा चक्रबहादुर बूढाको टोलीलाई बोलाएर ठूलो रकम रकमान्तर गर्ने काम फत्ते पारिएको अर्थ स्रोतको भनाई छ ।
हालैमात्र भूपाल बराललाई सो शाखाबाट लखेटेर गृह क्याडरका बूढालाई अहिले अर्थको बजेट महाशाखाको हाकिम बनाइएको छ । यस अघि जिल्ला प्रशासन कार्यालय चलाएका,गृहका प्रवक्ताका भूमिका निभाएका बूढा केही साता अघिमात्र अर्थको बजेट महाशाखामा पुगेका हुन ।
Advertisement 1
अहिले अर्थमन्त्री जनार्दन शर्माले अर्थ र करका विज्ञहरूलाई लखेटेर गृहका क्याडर मन्त्रालयमा भरेका छन् । मन्त्री शर्माले बाबुराम गौतम, नारायण सापकोटा, झक्क आचार्य, शोभाकान्त पौडेल, ज्ञानेन्द्र पौडेल, श्यामप्रसाद भण्डारी, उमाकान्त आचार्यहरू त्यहाँबाट लखेटिएका छन् भने बजेट तथा कार्यक्रम महाशाखामा भित्र्याइएका छन् चक्रबहादुर बुढा ।
रमेश केसीलाई वित्तीय क्षेत्र समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । केसीसँग यसअघि कास्की र मोरङको प्रमुख जिल्ला अधिकारी चलाएको अनुभव छ । यसअघि काठमाडौंको सिडिओ चलाएका केदार शर्मालाई कप्रको हाकिम बनाएर ल्याइएको छ । यस्तै, उपसचिव अर्जुन भण्डारीलाई प्रशासन महाशाखाको अलावा कर्जा तथा निक्षेप सुरक्षण विभागको हाकिम बनाइएको छ ।
Advertisement 2
यसअघि विना मगरसँग काम गरेका रितेश शाक्यलाई अहिले आन्तरिक राजश्व विभागको हाकिम बनाएइएको छ भने कमलप्रसाद भट्टराईलाई भन्सारको हाकिममा खटाइएको छ । यसअघि ललितपुरको प्रजिअ रहेका ढुण्डीप्रसाद निरौलालाई अर्थमा भित्र्याएर प्रवक्ताको जिम्मेवारी दिइएको छ ।