११ जना मिलेर तालिमको ४ करोड झ्वाम
तालिमका लागि पठाइएको रकममा व्यापक अनियमितता गरेको आरोपमा त्यसमा संलग्न ११ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले सीटिईभिटीका तत्कालीन कर्णाली प्रदेश प्रमुख भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीविरुद्ध जनही ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैयाँ बिगो माग गरिएको छ। तालिमका लागि पठाइएको रकममा अनियमितता भएको फेला परेपछि अख्तियारले यी दुई सहित त्यसमा संलग्न अन्य ९ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
अख्तियारका अनुसार कर्णाली प्रदेश कार्यालयले विना प्रतिस्पर्धा दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका ३ स्थित चामुन्डा माध्यमिक विधालयलाई विभिन्न तालिम सन्चालनका लागि रकम उपलब्ध गराएको थियो। चामुन्डाले पनि आफैँले तालिम सन्चालन नगरेर काठमाडौंको इलाइट इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टलाई उक्त जिम्मेवारी दिएको आरोप लागेको छ।
Advertisement 1
चामुन्डाले आफूले तालिम सन्चालन अनुमती पाउनुअघि नै उक्त कम्पनीसँग सम्झौता गरको अख्तियारको दावी छ। सीटिईभिटी कर्णाली प्रदेशका लेखा अधिकृत शिवराम रोकाय, चामुन्डाका तत्कालिन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, सहलेखापाल नरेशबहादुर शाही, विधालय व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर शाही र इलाइट इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टका सन्चालक कुमार शाहीविरुद्ध पनि जनहिँ ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैया बिगो माग गरिएको छ।