एकै पटक ६० उपसचिवको सरुवा

सरकार निर्वाचनको मुखमा एकै पटक झण्डै पाँच दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर गरेको छ । जसमध्ये केहीलाई नयाँ जिम्मेवारी दिइएको छ भने केहीको हकमा एक पालिकाबाट अर्काे पालिकामा सरुवा गरिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,जसमध्ये केहीको अन्तर मन्त्रालय सरुवा भएको छ भने केहीलाई स्थानीय तह तथा निकायबाट तानेर मन्त्रालय वा अन्तरगत ल्याइएको छ । यस्तै मन्त्रालयबाट केही उपसचिवहरु प्रमुख प्रशासकीय अधिकृतको रुपमा पालिका हाक्ने जिम्मेवारी दिएर खटाइएको छ ।

Advertisement 1

जसअनुसार,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका लेखनाथ न्यौपानेलाई रामपुर नगरपालिका पाल्पाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ । यस्तै सामान्य प्रशासनकै उपसचिव कृष्ण प्रसाद सुवेदी मध्यनेपाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । सामान्यकै अर्काे उपसचिव आनन्द राज पोखरेलले कमलामाई नगरपालिका सिन्धुली हाँक्ने जिम्मेवारी पाएका छन् । यस्तै सामान्यकै उपसचिव डिल्लीराम सिग्देल वालिङ नगरपालिका स्याङ्जाको प्रमुख प्रशासकीय अधिकृत बनेर त्यता खटिने भएका छन् । सामान्यकै उपसचिव पोषण राज भण्डारी माई नगरपालिका इलामका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । सामान्यकै उपसचिव अशोक कोइराला वार बर्दिया नगरपालिका बर्दिया पुग्दा अर्काे उपसचिव वासुदेव खनाल शंखरापुर नगरपालिका काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । यस्तै शंखरापुर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ भने रामपुर नगरपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डे लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

सामान्यकै उपसचिव तारानाथ लुइँटेल लालबन्दी नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउँदा प्रेम प्रसाद दाहाल गृह मन्त्रालय पुगेका छन् । यस्तै सामान्यबाट उपसचिव उर्मिला काफ्ले जिल्ला समन्वय समिति सोलुखुम्बुको जिल्ला समन्वय अधिकारी बनाएर खटाइएको छ भने जिल्ला समन्वय समिति इलामका हरि बहादुर दाहाललाई देउमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । यस्तै अख्तियारमा मुद्धा परेर सफाई पाए पछि जिल्ला समन्वय समिति जाजरकोट जिससमा खटिएका कृष्ण प्रसाद जैसी भेरी नगरपालिका जाजरकोटको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । यस्तै जिल्ला समन्वय समिति सोलुखुम्बु जिससमा कार्यरत तीर्थ प्रकाश पौडेल जिल्ला समन्वय समिति भक्तपुरमा ल्याइएको छ । यस्तै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रेम कुमार काफ्लेलाई जिल्ला समन्वय समिति इलाममा पठाइएको छ । यस्तै जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी खेम प्रसाद चौधरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा पठाइएको छ ।

Advertisement 2

 

केही उपसचिवहरुको अन्तर मन्त्रालय सरुवा भएको छ । जसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विश्वराज नेपाल गृह मन्त्रालयमा ल्याइएको छ भने सामान्यकै उपसचिव एक देव खनाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रह्लाद खनाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अर्जुन सेन ओली उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । यस्तै सामान्यबाट व भिम प्रसाद भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । विज्ञापन बोर्डमा कार्यरत रहेका राम प्रसाद सापकोटा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय योजना आयोगका उपसचिव शिवरञ्जन पौड्याल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डम्बर बहादुर खड्का भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेशको उपसचिवका रुपमा खटाइएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव नरेश शर्मा बन तथा वातावरण मन्त्रालयमा पुग्दा बन तथा वातावरण मन्त्रालयका उपसचिव अरुण प्रसाद भट्ट कृषि तथा पशुपक्षी मन्त्रालयमा ल्याइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव मेघनाथ रिमाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइएको छ । मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव लक्ष्मण विक्रम थापा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव अम्बिका प्रसाद अधिकारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालयका उपसचिव राम प्रसाद ढकाल राष्ट्रिय सूचना आयोगको उपसचिव र बेपत्ता पारिएको व्यक्तिको छानबिन समितिका उपसचिव कोमल पराजुली रक्षा मन्त्रालयमा खटाइएको छ ।

Advertisement 3

यस्तै केही उपसचिवहरुलाई विभिन्न निकायबाट तानेर मन्त्रालय अन्तरगत ल्याइएको छ । जसमा राष्ट्रिय सूचना आयोगका उपसचिव कपिल प्रसाद उपाध्याय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ । यस्का साथै चन्द्रागिरि नगरपालिका काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेल राष्ट्रिय योजना आयोगमा ल्याइदा राष्ट्रिय योजना आयोगका उपसचिव नारायण राज पौडेल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुर्याइएको छ । बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकका उपसचिव अमर प्रकाश भट्ट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सञ्जय बहादुर राजलवट दुधौली नगरपालिका सिन्धुलीको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । यस्तै गृह मन्त्रालयका उपसचिव जनक थापालाई सैनामैना नगरपालिका रुपन्देहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउँदा सैनामैनाबाट भिम प्रसाद तिवारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा पठाइएको छ भने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव राजकपुर चम्लागाई मेची नगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।मेची नगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ ।

केही उपसचिवलाई भने मन्त्रालयबाट विभिन्न स्थानीय निकाय कमाण्ड गर्ने जिम्मेवारी दिएर खटाइएको छ । जसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशी बेलैरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा कृष्ण बहादुर घिमिरे पनौती नगरपालिका काभ्रेपलाञ्चोकको प्रमुख प्रशासकीय अधिकृतबनाएर खटाँइदा  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेशका उपसचिव चुणामणी पन्थी बाह्रबिसे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तेजराज शर्मालाइ चापाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, मध्यनेपाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा कृष्ण नगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डे कावासोती नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव जीवन प्रसाद आचार्य चन्द्रागिरि नगरपालिका काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

यस्तै लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई ठाकुर बाबा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, ठाकुर बाबा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम हरि रिजाल राजापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, कावासोती नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङलाई राष्ट्रिय योजना आयोग,  कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश, यस्तै वालिङ नगरपालिका स्याङ्जाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश,  मुसिकोट नगरपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे शिवराज नगरपालिका कपिलवस्तुको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । शिवराज नगरपालिका कपिलवस्तुका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम बुद्धभुमि नगरपालिका कपिलवस्तुको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित :२०७९ भाद्र २१, मंगलवार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry