यी हुन यही आर्थिक बर्षमा अवकाश पाउने ९ सचिवसहित २२०९ कर्मचारी (पूर्णविवरण)
यस आर्थिक बर्षमा २२०९ जना कर्मचारीले सेवाबाट अवकाश पाउने भएका छन् । निजामती किताबखानाको अनुसार आर्थिक बर्ष ०७९/ ८० मा अनिवार्य र सेवाहदका कारण २२०९ जना कर्मचारीले अवकाश पाउन लागेका हुन । किताबखानाको अभिलेख अनुसार,साउन महिनामै लक्ष्मण अर्याल अनिवार्य अवकाशमा गइसकेका छन् । उनीसहितका नौ जना विशिष्ठ श्रेणीका कर्मचारीहरु अनिवार्य अवकाशमा घर जाँदैछन् । जसमध्ये केही ५८ बर्षे उमेर हद लागेर घर फर्कदै छन् भने केही पाँच बर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जाँदैछन् ।
Advertisement 1
जसमध्ये यो आर्थिक बर्षको दोश्रो सातामै पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेर हद लागेर घर फर्किस्केका छन् । उनी आगामी साउन ११ गते अनिवार्य अवकाशमा लागेर घर गइसकेका छन्। त्यस्तै महालेखापरीक्षकको कार्यालय उप महालेखापरीक्षक रामुप्रसाद डोटेल पनि न्यौपानेसँगै साउन १२ गते घर गएका छन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव लक्ष्मण अर्याल आगामी साउन १९ गते सेवाहदका कारण अवकाशमा गएका छन् ।
यस्तै किताबखानाको तथ्याक अनुसार सागर कुमार राई कार्तिक ४ गते,कृषि सचिव पेमनारायण कँडेल मंसिरमा अवकाश पाउनेको सूचीमा छन् ।
अर्को बदनाम सचिव रमेशप्रसाद सिंह मंसिर ६ गते ५ वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै छन् । त्यस्तै महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिव) कृष्णजिवी घिमिरे पनि माघ २२ गते घर जाने सूचीमा छन् ।
। सञ्चार तथा सूचना प्रविधि सचिव वैकुण्ठ अर्याल अगामी असार ३ गते सचिवबाट घर जाने भएका हुन् यस्तै हालैमात्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएका सचिव यादव प्रसाद कोइराला आगामी असार ४ गते अवकाश पाउने सूचीमा छन् । उनी पनि पाँच बर्ष सेवा अवधि पूरा गरेर घर फर्कन लागेका हुन । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलिया असार २४ गते सेवा हदकै कारण अवकाशमा जाँदैछन् ।
abakash