बोनस नमाग्न कर्मचारीलाई मन्त्रीको आग्रह
उर्जामन्त्री पम्फा भूषाले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई बोनस नमाग्न आग्रह गरेकी छिन् । प्राधिकरणको ३७ औ वार्षिकोत्सव समारोहमा प्राधिकरणमा क्रियाशील सबै कर्मचारी युनियनहरुले बोनस माग गरे पछि मन्त्री भुषालले वोनस नमाग्न आग्रह गरेकी हुन । गत १५ जेठको बजेट बक्तव्यमार्फत सरकारले कर्मचारीहरुको तलब १५ प्रतिशतले बढाएको अवगत गराउँदै उनले प्राधिकरणका कर्मचारीहरुलाई थप आर्थिक सहयोगको माग नराख्न आग्रह गरिन् । उनले बोनस माग्न छाडेर सेवा सुधारमा लाग्न र सबै घर परिवारसम्म बिजुली पु¥याउने कार्यमा लाग्न कर्मचारीलाई निर्देशन समेत दिईन् ।
Advertisement 1
प्राधिकरणका कर्मचारी युनियनहरुले मुनाफा गर्ने प्रतिष्ठानले एक वर्षमा गरेको मुनाफाको १० प्रतिशत रकम कर्मचारीलाई बोनसको रुपमा बितरण गर्नु पर्ने ब्यबस्था रहेकोले सोही बमोजिम बोनस माग गरेका बताएका छन् । तर प्राधिकरणको संचालक समितिको अध्यक्ष समेत रहेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भने कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी हुन ।
प्राधिकरणले गत वर्ष सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो प्राधिकरणको ३५ बर्षको इतिहासमै सबैभन्दा बढी नाफा भएको जनाइएको छ । सोही मुनाफाबाट १० प्रतिशत बोनस माग गर्दा मन्त्री नकरात्मक भए पछि कर्मचारीहरु मन्त्रीसँग रुष्ट भएका छन् । बार्षिकोत्सवमा उत्कृष्ट काम गरेको भन्दै १५ कर्मचारी र मातहतका १७ कार्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।