गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज
गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्ररसुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।
Advertisement 1
गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको सरकारकी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सुराकी खर्चवापत हाल गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २० हजार रुपैयाँ खर्च गर्न पाउँछन् । तजविजी अधिकारको दुरुपयोग भएको भनी प्रश्न उठेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
यससँगै गृहमन्त्री र सचिवले २०४७ देखि हिसाबकिताब नदेखाइ गर्दै आएको खर्चमा रोक लागेको छ । २०४७ जेठबाट गरिँदै आएको यस्तो खर्च त्यसको तीन वर्षपछि २०५० जेठ १३ गतेको मन्त्रिपरिषद् बैठकले संस्थागत गराएको थियो । पछिल्लो पटक २०७८ असोज १४ को मन्त्रिपरिषद् बैठकले सचिवले गर्ने एकपटकको खर्च २० हजारबाट बढाएर २५ हजार पुर्याएको थियो ।
Advertisement 2
हालै गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बेहिसाब हुँदै आएको सूत्ररसुराकी परिचालनको खर्च खारेज गर्ने प्रस्तावमा हस्ताक्षर गरेका थिए। सोही प्रस्ताव सोमबारको मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गरिएको हो।