शाखा अधिकृतका अण्डरमा कसरी बस्नु उपसचिव ?

धनगढी, १६/  कैलालीको टीकापुर र घोडाघोडी नगरपालिकामा उपसचिव तहको दरबन्दी छ । तर स्वीकृत दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत छैनन् । यसअघि टीकापुर नगरपालिकामा स्वीकृत दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाही थिए । शाहीको सरुवा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा गरिएपछि उनको ठाउँमा अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण विष्ट सरुवा भएर गएका छन् । विष्ट जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।

Advertisement 1

घोडाघोडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका दीपक आचार्यको सरुवासंगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही १० गते सामान्य प्रशासन समूहका शाखा अधिकृत दानबहादुर ऐडीलाई खटाएको छ,निमित्तको जिम्मेवारी दिएर । शाखा अधिकृत दानबहादुर ऐडीलाई घोडाघोडी नगरपालिकामा कामकाजका लागि खटाएपछि त्यहाँ कार्यरत कर्मचारीहरूले स्वीकृत दरबन्दी अनुसार उपसचिव श्रेणीको प्रमुख कार्यकारी अधिकृत खटाउन सामान्य प्रशासन मन्त्रालयसँग माग गरेका छन् । नगरपालिकाका २९ जना कर्मचारीले स्वीकृत दरबन्दी संरचना अनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउन लिखित माग गरेका छन् ।

नगरपालिकामा कार्यरत एक अधिकृतले दरबन्दी अनुसारकै कार्यकारी पठाउनु पर्ने नभए नगरपालिकामा कार्यरत उपसचिव तहका शिक्षा प्रशासन शाखाका उपसचिव खगेन्द्रबहादुर सिंहलाई प्रमुख प्रशासकीय अधिकृत तोक्नका लागि माग गरेका छन् । सिंह यसअघि सो नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा कार्यरत थिए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंह भन्दा पनि तल्लो श्रेणीका व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी दिएपछि नगरपालिकाका कर्मचारीले विरोध जनाएका हुन् ।

Advertisement 2

संघीय मामिला मन्त्रालयको निर्णयको विरोधमा त्यहँँका कर्मचारीहरुले आन्दोलन नै थालेका छन् । उनीहरुले नगर प्रमुख र उपप्रमुख ध्यानकर्षण पत्र समेत बुझाएका छन् । सिंहले इकर्मचारी डटकमसँग भने,’ म उपसचिव बनेको ९ बर्ष पूरा भएर दश बर्ष लाग्यो । सामान्य प्रशासनले के सोचेर हालैमात्र शाखा अधिकृतमा बढूवा भएका कर्मचारीलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर,  मेरो हाकिम बनाएर खटाएको हो,बुझ्न सकेको छैन ।यस्तो भद्रगोल सोही जिल्लास्थित टीकापुर नगरपालिकामा पनि छ । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत उपसचिव मंगलबहादुर शाही सरुवा भएर मुख्यमन्त्री कार्यालयमा पठाइएकोमा अहिले सुर्खेतस्थित अख्तियारको कार्यालयमा पुगेसँगै सामान्य प्रशासनले त्यहाँ अधिकृत नारायण विष्टलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएसँगै दशौं तहका दमन सिंह चौधरी अप्ठ्यारोमा परेका छन् ।

प्रकाशित :२०८० आश्विन १६, मंगलवार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry