पर्यटनका उपसचिव ६ लाख घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुससहित एक जना उपसचिवलाई रंगेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । अख्तियारकाअनुसार पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा   नेपाललाई रंगेहात पक्राउ गरेको जनाएको छ ।

Advertisement 1

उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा  अख्तियारको टोलीले होटेल अरण्यको कम्पाण्डबाट पक्राउ गरेको हो।

प्रकाशित :२०७९ श्रावण १७, मंगलवार १८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry