मदिराले मातेका पर्यटन वोर्डका सिइओले एयरपोर्टमै भन्सारका नासुलाई झापड हानेपछि

 

Advertisement 1

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ धनन्जय रेग्मीले भन्सार विभागका नासुमाथि हातपात गरेपछि अप्ठ्यारोमा परेका छन् । घटना गत शनिवारको हो ।

भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल फर्किएका उनले त्रिभुवन विमानस्थल भन्सारका नासु सुमन थापामाथि चेकजाँचका क्रममा हातपात गरेपछि अप्ठ्यारोमा परेका हुन । अघिल्लो साता सोमबारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका स्वदेश फर्कदै गर्दा उनको ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए। भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ ।

Advertisement 2

उक्त मदिरा चेकजाँच गर्ने क्रममा थापामाथि रेग्मी जाइलागेका हुन । भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सधेका थिए ? साथमा कतिजना हुनुहुन्छ ? प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि एक थप्पड मात्रै लगाएनन् र, उनले आफू देश चलाउने मान्छे हुँ भन्ने जबाफ फर्काएका थिए । भन्सार कार्यालयमै कर्मचारी कुटिए पछि हल्लीखल्ली मच्चियो । कर्मचारीमाथि दुर्व्यवहार गरेकोले रेग्मीले ल्याएको मदिरा जफत गर्नुका साथै उनलाई ५ हजार जरिवाना पनि तिराईएको छ । रेग्मीलाई पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटन बोर्डको सिइओमा नियुक्त गरेका थिए ।

प्रकाशित :२०७८ कार्तिक २२, सोमबार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry