रसुवामा कर्मचारी अभावका कारण नागरिकता वितरण स्थगित
कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण मंगलबारदेखि स्थगित गरेको छ ।
Advertisement 1
प्रतिनिधि र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचन सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरण लगायतका सबै सेवा मंगलबारदेखि आगामी मंसिर ४ गतेसम्मका लागि बन्द गरेको हो ।
प्रकाशित :२०७९ कार्तिक ३०, बुधबार ०६:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%