मन्त्री दाहिने भए यस्तोसम्म हुन्छ निजामती सेवामा…
सरकारले सहसचिव बढूवामा रोलक्रम मिचेर सह सचिव भरतमणी सुवेदीलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव रहेका सुवेदीलाई सचिवमा बढुवा गरेको हो ।
बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय सुमनराज अर्याल, भरतमणी सुवेदी र मुकुन्द पौडेलको नाम सिफारिस गरेको थियो ।
सुवेदीको बढूवासँगै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो । सुवेदी लुम्बिनी प्रदेशका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरूवा भएपछि निमित्त प्रमुख सचिव भएर काम गरिरहेका थिए ।
Advertisement 1
सामान्य प्रशासन मन्त्रालयले गत भदौंमा एकै पटक ६० जना सहसचिवको सरुवा गर्दा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव भरतमणी सुवेदीको सरुवा भएको थियो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा । तर उनी प्रदेशबाट संघमा उक्लिएनन् । उनको ठाउँमा सहसचिव खगेन्द्र प्रसाद सुवेदी खटाइएका थिए । उनले त्यहाँ बस्ने कुर्सी पाएनन् । ५ महिना व्यतित हुँदासम्म खटाएको ठाउँमा नआएका उनी सचिवमा बढूवा भए । पदस्थापन पनि त्यही गराउन सफल भए ।