एकबिहानै सिंहदरबारभित्रै कर्मचारीहरु उत्रिए प्रदर्शनमा (तस्विरसहित)

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै कर्मचारीहरुले  प्रदर्शन  गरेका छन् ।संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न मागहरु समेटेर कर्मचारीहरु  प्रदर्शनमा उत्रिएका हुन । केही पानीमा भिज्दै त केही छाता ओडेर उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रर्दशन गरेका छन् ।

Advertisement 1

कर्मचारीहरुले कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० बर्षमा माथिल्लो तहमा बढुवा हुने व्यवस्था गर,सबै तहमा तहगत प्रणाली लागू गर,संघीय निजामती सेवा ऐनमा आन्तरिक प्रतिष्प्रर्धा कायम गर,काम गर्दा सुब्बा चाहिने वृत्ति विकास कहिले नपाइने लगायत नारासहित सिंहदरबारभित्रै प्रर्दशन गरेका हुन ।

Advertisement 2

। हाल अर्थ मन्त्रालयमा पुगेका संघीय निजामती सेवा ऐनमा आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्नुपर्ने माग सहित तल्ला तहका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन ।

Advertisement 3


नायब सुब्बा बचाऊ अभियानको सक्रियतामा उनीहरुले कर्मचारीहरुका हक हितमा नीति नियम बनाउने मन्त्रालय मानिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन ।


कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नका साथै संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने माग अगाडि सारेका छन् ।

प्रकाशित :२०७९ श्रावण १६, सोमबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry