विचौलिया र दलाललाई सामान्य प्रशासन प्रवेशमा निषेध :- मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सामान्य प्रशासन मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरिएको उद्घोष गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा इटहरीमा आयोजना गरेको कर्मचारीहरुको लागि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा भाग लिन सुनसरी पुगेका उनले आफूले मन्त्रालय सम्हाले पछि मन्त्रालयमा दलाल र विचौलियालाई प्रवेश निषेध गरिएको जनाएका छन् ।
मन्त्री मोदीले आफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कमाण्ड गर्नु अघिदेखि नै कर्मचारी सरुवामा आर्थिक लेनदेनको हल्ला चल्ने गरेको सुनाउँदै मन्त्रालय सम्हालेपछि त्यसको अन्त्यका लागि निक्र्यौल भएका बिचौलिया र दलाललाई मन्त्रालय प्रवेशमा निषेध गरेको बताएका हुन ।“हामीले सुशासनको पक्षमा दर्जनौँ दुरगामी निर्णय गरेका छौँ । हाम्रो मन्त्रालयमा पनि पहिले आर्थिक लेनदेनका कुराहरु सुन्थ्यौँ । सरुवामा आर्थिक लेनदेन गरेको एउटा मात्रै प्रमाण भेटिएको खण्डमा किन्तु परन्तु कसैलाई छाड्दैनौँ” उनले भने, “हाम्रो मन्त्रालयमा देखा परेका कोही दलाल र बिचौलिया हो भन्ने थाहा पायौँ भने उसलाई मन्त्रालय प्रवेशमा निषेध गरेका छौँ ।”

Advertisement 1

प्रशासन क्षेत्रको व्यापक सुधारका लागि अब दण्ड र पुरस्कारको पनि विधि स्थापित गर्न खोजिरहेको समेत मन्त्री मोदीले सुनाए । उनले पछिल्लो समय कर्मचारीमािथ जनताको अविश्वास पैदा भएको बताउँदै भने, “पूरानै ढर्रा, पुरानै शैलीबाट कर्मचारी चलिरहँदा त्यसको प्रश्न कर्मचारीमाथि मात्रै होइन, राजनीतिक दलमाथि पनि परिरहेको बिषयलाई गम्भीरतापूर्वक ध्यानमा राखेर कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने बताए । यस्तै मन्त्री मोदीले राजनीतिक र कर्मचारीतन्त्रभित्रको शुद्धीकरणबाट मात्रै सुशासन सम्भव रहेको बताएका छन् । उनले “कर्मचारी र राजनीतिक तह दुवैतिर जबसम्म शुद्धीकरण हुन सक्दैन, तबसम्म सुशासन सम्भव नहुने बताए ।

मन्त्री मोदीले सबैको कार्यशैलीलाई सुधार गर्दै सुशासनको यात्रामा अगाडि बढ्नुपर्ने बताए । उनले थपे, “हाम्रो व्यवहार र शैलीमा शुद्धीकरण नभएसम्म देशका सबै क्षेत्रका जनताले सहज रुपमा सेवा पाउने र सुशासन कायम गर्ने कुरा सम्भव छैन ।” उनले अहिलेको व्यवस्थालाई सक्षम र बलियो बनाउनका लागि राजनीतिक र प्रशासनिक दुवै क्षेत्र एकाकर भएर अघि बढ्नुपर्ने पनि बताए ।

प्रकाशित :२०८० जेष्ठ २१, आईतवार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry