रकमान्तरबाट पैसा मिलाएर अनिवार्य अवकाशको साता दिन अघि कोरिया शयरमा निस्किए सचिव न्यौपाने
सरकारी कर्मचारीहरु विदेश शयरका लागि कतिसम्म मरिहत्ते गर्दछन् भन्ने एउटा पछिल्लो उदाहरण सार्वजनिक भएको छ ।
Advertisement 1
साता दिन पछि उमेर हद लागेर घर फर्किन लागेका पर्यटन मनत्रलयका सचिव महेश्वर न्यौपानेले त्यस्तै लोभ र लालच देखाएका छन् । दक्षिण कोरियामा हुने साधरण कार्यक्रमका लागि उनी अस्ति बुधबार त्यतातर्फ उडेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
आगामी साउन ११ गतेबाट अनिवार्य अवकाशमा जान लागेका सचिव न्यौपाने पर्यटन बोर्डको खर्चमा दक्षिण कोरिया हानिएका हुन । आगामी बुधबार अर्थात साउन ११ गते अनिवार्य अवकाशमा जान लागेका सचिव न्यौपाने त्यसको साता दिन अघि अर्थात अस्ति बुधबार दक्षिण कोरिया प्रस्थान गरेका हुन ।
Advertisement 2
नेपाल सांस्कृतिक केन्द्रले आयोजना गर्ने कार्यक्रमका लागि उनी त्यतातिर प्रस्थान गरेका हुन । सचिव न्यौपाने सहभागी हुने कार्यक्रम अति सामान्य हो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई बोर्डबाट कारबाही गर्ने तत्कालीन मन्त्री प्रेम आलेको योजना आलटाल गरी असफल बनाइदिए वापत बोर्डले उनलाई कोरिया लगिएको पर्यटन बोर्ड स्रोतले जनाएको छ ।