मधेश प्रदेशमा भोलि पनि सार्वजनिक बिदा

भोलीदेखि मधेश प्रदेश बाहेकका अन्य प्रदेशका सरकारी कार्यालयहरु सुचारु हुँदैछन् । गत सात कार्तिकदेखि सार्वजनिक बिदा दिइएकोमा भोलिदेखि सरकारी कार्यालयहरु खुल्ने भएका हुन ।
Advertisement 1
तिहार पर्वका लागि ७ कार्तिकदेखि लगातार ४ दिन लगातार सार्वजनिक बिदा दिइएको थियो । लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म सार्वजनिक बिदा दिइएकोमा त्यसको भोलिपल्ट अर्थात ११ कात्तिकसम्म तिहार बिदा दिइएको १२ गत शनिवार र आज आइतबार छठ पर्वका अवसरमा पनि सार्वजनिक बिदा दिइएको छ ।
संघीयसहितका अन्य ७ प्रदेशका सरकारी कार्यालयहरु भोलिदेखि सुचारु हुने भए पछि मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ ।
Advertisement 2
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।
प्रकाशित :२०७९ कार्तिक १३, आईतवार १८:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%