पूर्व विकास आयुक्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Advertisement 1
आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा तिवारीमाथि करिब १० करोड ५४ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप उल्लेख गरिएको छ।
अनुसन्धानका क्रममा सोही प्रकरणमा उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई समेत प्रतिवादीका रूपमा समेटिएको जनाइएको छ। अख्तियारले संकलित प्रमाणका आधारमा सार्वजनिक पदमा रहँदा आर्थिक अनियमितता भएको निष्कर्षसहित मुद्दा अघि बढाइएको अख्तियारले जनाएको छ।
Advertisement 2


Advertisement 3
प्रकाशित :२०८३ बैशाख ३, बिहीबार २१:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



















