नेपाल राष्ट्र बैंकले माग्यो १३ जना कर्मचारी
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैङ्कले एक सूचना प्रकाशित गरी तीन जना सिभिल इन्जिनियरसहित १० जना सवारी चालकका लागि सूचना प्रकाशित गरेको हो । बैंकले माग गरेका इन्जिनियर मध्ये २ जना केन्द्रीय कार्यालयका लगी हुन् भने १ जना बैंकको सिद्धार्थनगर कार्यालयको लागि हुन् । सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा रहेको छ। करार अवधि ६ महिनाको रहेको छ। राष्ट्र बैंकले योग्यता पुगेका इच्छुक उम्मेद्वारलाई असोज २२ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।
Advertisement 1
सिभिल इन्जिनियरको लागि इन्जिनियरिङमा ब्याचलर गरेको र न्युनतम २ वर्ष कार्य गरेको अनुभव हुनु पर्ने छ । त्यस्तै चालकको हकमा १० वर्ष सरकारी निकायमा काम गरेको हुनु पर्ने र तलव मासिक २८ हजार तथा खाजा खर्च २ हजार हुने उल्लेख छ । बैंकले इमेल मार्फत दरखास्त दिन आग्रह गरेको हो ।